FAQs Complain Problems

भीरकोट ७ स्थित खिलुङ् कालिका मन्दिर

Read More

भीरकोट १, बयरघारी बजार

Read More

नगरपालिकाको प्रशासकीय भवन

Read More

संक्षिप्त परिचय

स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा ८० मा व्यवस्था भए अनुरुप नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७२ असोज १ गते भीरकोट नगरपालिकाको घोषणा भएको हो । गण्डकी प्रदेश स्याङ्गजा जिल्ला अन्तर्गत पर्ने एक पहाडी भेगमा अवस्थित भीरकोट नगरपालिका। सदरमुकाम बयरघारी समुन्द्रिक सतहबाट करीब ७३० मिटर उचाइमा रहेको छ । यसको न्यूनतम उचाइमा रहेको छाङ्गछाङ्गदी फाँट समुद्री सतहबाट करीब ७१३ मिटर रहेको र अग्लो भु-भागका रुपमा वडा नं ९ स्थित नारायणगिरी मन्दिर तथा वडा नं ८ स्थित तामुको लेक समुद्री सतहबाट करीब १७३५ मिटर उचाइमा रहेको छ । भीरकोट नगरपालिकाको पुर्वमा विरुवा गाउँपालिका र पुतलीबजार नगरपालिका, पश्चिममा पर्वत जिल्ला, उत्तरमा अर्जुनचौपारी गाउँपालिका र पुतलीबजार नगरपालिका तथा दक्षिणमा वालिङ्ग नगरपालिकालसँग सिमाना जोडिएको छ ।

मध्यकालिन आँधिखोलाको सभ्यताभित्र भीरकोट राज्यको स्थापना विक्रम संम्बत १४७५ देखि १५०० को बीचमा भएको थियो । स्याङ्गजाको इतिहासमा नुवाकोट, सतहुँकोट  गह्रौंकोटमध्ये भीरकोटलार्इ प्राचिन ऐतिहासिक किल्ला र कोट मानिएको पाइन्छ ।उहिले आँधिखोलादेखि पश्‍चिम खिलुङ्ग भन्ने स्थानलाई जैन खाँनले बस्ती बसालेका र त्यसैको निकट भीरकोट शीतल हावाचल्ने ठाँउमा घर, मन्दिर, निर्माण गरी कोटघरको रचनाका साथ ठकुरीहरुले राज्य चलाएको पाइन्छ ।

यस नगरपालिकाको उत्तरमा अवस्थित शंखपुर भीरकोट नगरपालिका वडा नंम्बर-१, देखि दक्षिणमा भीरकोट नगरपालिका वडा नंम्बर ४ को खत्रीखोलासम्म तथा पूर्व तर्फ भीरकोट नगरपालिका वडा नंम्बर-३ को भुरुङ्गखोला देखी पश्‍चिम तर्फ भीरकोट नगरपालिका वडा नंम्बर ९ को कालिकाकोट पर्वत जिल्लाको सिमान सम्म फैलिएको छ ।
 

जम्मा जनसंख्या: २५५८३ (पुरुषः १०९९४ महिलाः १४५९९ )

समावेश गाविस: भीरकोट नगरपालिका र छाङछाङदी (२,३,७,८,९), स्वरेक (१,५,६,७,९) र कालीकाकोट (३-८) गा.वि.स

जम्मा क्षेत्रफल: ७८.२३ ( वर्ग कि.मी.)

सूचना तथा समाचार

पदाधिकारी

नगर प्रमुख
९८५६०५५५१४
उप– प्रमुख
९८५६०५५५१३
प्रमुख प्रशासकीय अधिकृत
९८५६०७९१११
उपसचिव (सूचना अधिकारी)
९८५६०५३१०६

Services

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  •  
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु ७५०/-
आवश्यक कागजातहरुः-
  • कुन विवरण के कति कारणले सच्चाउन पर्ने सो स्पष्टरुपमा खुलार्इ दिएको निवेदन
  • आवश्यकता आधारमा सर्जमिन मुचुल्का
  • घटना दर्ताको साविक प्रमाणपत्र सक्कलै प्रति
  • नगरपालिकामा कानून अनुसार तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको रसिद/निस्सा
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १५०/-
आवश्यक कागजातहरुः-
  • कुन घटना दर्ताको प्रमाणपत्रको प्रतिलिपि आवश्यक भएको हो सो खुलार्इ सरोकारवालाबाट दिएको निवेदन
  • आवश्यकताका आधारमा सर्जमिन मुचुल्का
  • पहिला घटना दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
  • नगरपालिकामा कानून अनुसार तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको रसिद/निस्सा
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क र ३५ दिन पश्चात रु ७५/-
आवश्यक कागजातहरुः-
  • मृत्यु दर्ता गरि पाँउ भनि परिवारको मुलीले भरेको सुचना फाराम
  • आवश्यकताका आधारमा सर्जमिन मुचुल्का
  • मृतक र सुचक दुवैको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • अस्पतालमा मृत्यु भएको हकमा अस्पतालले उपलब्ध गराएको मृत्युको निस्सा
  • नगरपालिकामा कानून अनुसार तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको रसिद/निस्सा
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आन्तरिक रु ५००/- र बाह्य रु ७५०/-
आवश्यक कागजातहरुः-
  • बसार्इ सरी जानेको हकमा परिवारको मुलीले बसार्इ सरी जानपाँउ भनि भरेको बसार्इ सरार्इको सुचना फाराम
  • आवश्यकताका आधारमा सर्जमिन मुचुल्का
  • बसार्इ सरि जानपाँउ भनि निवेदन दिने व्यक्तिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • बसार्इ सरी आउनेको हकमा बसार्इ सरार्इ गरि आएको स्थानबाट ल्याएको बसार्इ सरार्इको प्रमाणपत्रको प्रतिलिपि
  • परिवार सहित बसार्इ सरार्इ जाने भए परिवारका सदस्यहरुको नागरिकता वा जन्म दर्ताको प्रमाणपत्र
  • बसार्इ सरि आउनको लागि निवेदन दिनेको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • बसोबास गरेको स्थानमा बसोबास गरेको देखिने कागजातहरु
  • नगरपालिकामा कानून अनुसार तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको रसिद/निस्सा
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क र ३५ दिन पश्चात रु ७५/-
आवश्यक कागजातहरुः-
  • सम्बन्ध विच्छेद गरिपाँउ भनि भरेको सुचना फाराम
  • आवश्यकता अनुसार सर्जमित मुचुल्का
  • सम्बन्ध विच्छेदका सम्बन्धमा अदालतबाट भएको निर्णय
  • सम्बन्ध विच्छेदका लागि सुचना दिने व्यक्तिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • नगरपालिकामा कानून अनुसार तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको रसिद/निस्सा
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क र ३५ दिन पश्चात रु ७५/-
आवश्यक कागजातहरुः-
  • विवाह दर्ता गरार्इ पाँउ भनि श्रीमान श्रीमती दुवै उपस्थित भै भरेको सुचना फाराम
  • आवश्यकता अनुसार सर्जमिन मुचुल्का
  • श्रीमान श्रीमती दुवैको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • श्रीमती माइती तर्फको बाबु/आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • नगरपालिकामा कानून अनुसार तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको रसिद/निस्सा

जानकारी