FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु ।

व्यक्तिगत घटना दर्ता(जन्म दर्ता, विवाह दर्ता, सम्बन्ध विच्छेद दर्ता, बसाईंसराईं दर्ता, मृत्यु दर्ता ) गर्न घरमै बसेर अनलाईन फारम भरेर तलको प्रक्रिया बमोजिम प्रमाणपत्र पाउन सकिने व्यहोरा सम्पूर्ण वालिङबासीहरुमा सूचित गराउन चाहन्छौं ।

१. Firefox Browser मा http://116.90.234.162:804/ लिङ्क खोल्ने ।

२. घटना दर्ताको लागि यहां क्लिक गर्नुहोस् । लेखेको बटनमा क्लिक गर्ने ।

३. व्यक्तिगत परिचय फारम भर्ने ।

४. अन्तिममा विवरण भर्ने सुचकलो आफ्नो मोबाईल नं. राखी पेश गर्ने ।

५. मोबाईलमा आएको टोकन नम्बर लिएर सम्बन्धित वडा कार्यालयमा जाने ।

६. वडा सचिवले सो नम्बरको आधारमा सूचना फारम हेर्दछन् ।

७. आवश्यक डकुमेन्ट पेश गर्ने र दर्ताको लागि आवश्यक पर्ने भएमा दर्ता शुल्क तिर्ने ।

८. प्रिट गरेको सूचना फारममा सही छाप गर्ने ।

९. अन्तिममा पञ्जीकाधिकारी / वडा सचिव द्वारा सर्टिफिकेट प्रदान गरिन्छ ।

यो सिस्टमबाट देशैभरी व्यक्तिगत घटना दर्ताको प्रारम्भ भएको छ। प्रत्येक स्थानीय तहको डाटा केन्द्रीय पञ्जीकरण विभागबाट हेर्न मिल्ने गरी बनाईएको यो सिस्टमको पूर्ण रुपले सञ्चालन गरिएमा दोहोरो दर्ता नियन्त्रण गर्न सकिने र रिपोर्टिङका साथै प्रतिलिपी दिने कुरामा पनि सहजता आउनेछ ।

  • योजना सम्झौता गरिपाँउ भनि दिएको निवेदन
  • उपभोक्ता समिति गठनका लागि भएको भेलाको निर्णयको प्रतिलिपि
  • उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकताको प्रमाणपत्रको फोटोकपी
  • योजनाको लागत अनुमान/प्रस्तावनाको प्रतिवेदन
  • घरको नक्शापास गरिपाँउ भनि दिएको निवेदन
  • सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि
  • घर निर्माणको लागि नगरपालिकाबाट लिएको अनुमति
  • जग्गाको जग्धाधनी प्रमाणपत्र, ट्रेस नक्शा
  • तोकिएको ढाँचा र मापदण्ड अनुसार तयार गरिएको घर नक्शा २ प्रति
  • घरको नक्शा बनाउने प्राविधिकबाट नक्शा पासको सिफारिश
  • चालु आर्थिक वर्षमा नगरपालिकालार्इ घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको रसिद
  • संस्था दर्ताका लागि सिफारिश गरिपाँउ भनि दिएको निवेदन
  • दर्ता गर्ने संस्थाको विधान
  • संस्थामा संलग्न रहने कार्यकारी पदाधिकारीहरुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • संस्था गर्नका लागि आयोजना गरिएको सभाको निर्णय र उपस्थिति
  • कार्यालय भाडा लिने भए घनधनीसंग गरेको सम्झौताको प्रतिलिपि
  • नगरपालिकामा कानून अनुसार तिर्नुपर्ने घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको रसिद/निस्सा