FAQs Complain Problems

भीरकोट नगरपालिका पूर्ण खोप सुनिश्चित !!!

भीरकोट नगरपालिकालाई मंगलबार पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरीएको छ । पुर्णखोप, सुरक्षित भविष्य भन्ने नाराका साथ नगरपालिकालाई पुर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको हो । कार्यक्रममा वोल्दै जिल्ला संमन्वय समितिका प्रमुख सिता सुन्दासले बाललिकाहरुलाई सम्पुर्ण खोपको पहुँचमा पु¥याईयो भने उनीहरु विभिन्न रोगबाट मुक्त हुनुका साथै उनीहरुमा रोगप्रतिरोधात्मक क्षमताको विकास हुने बताउनुभयो । कार्यक्रममा भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालले नगरपालिकामा रहेका बालबालिकाहरुलाई विभिन्न खोपको मात्रा पुरा गरी पुर्ण खोप सुनिश्चित घोषणा गरिएको बताउनुभयो ।

पूर्ण खोप सुनिश्चिित घोषणा कार्यक्रममा जिल्ला स्वास्थ्य प्रमुख डा. अमृत पोखरेल, भीरकोट नपाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुङ्गाना, वडा अध्यक्षहरुको तर्फवाट वडा न १ का वडा अध्यक्ष एवम नगर प्रवक्ता दिपेन्द्र केसी, स्वास्थ्य चौकीहरुको तर्फवाट कुमार रानालगायतले शुभकामना मन्तव्य राख्नुभएकोे थियो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण वन्दु अर्यालले स्वास्थ्य शाखाले गरेका विभिन्न कार्यप्रगतिका वारेमा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । नगर प्रमुख छायाराम खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा उप प्रमुख सिमा केसी कर्माचार्यले स्वागत र संचालन अहेव श्रीराम अर्यालले गर्नु भएको थियो । भीरकोट नगरपालिकाका १६ देखी २३ महिनाका सम्पूर्ण वालवालीकाले १५ महिनामा राष्टिय खोप प्राप्त गरेकाले नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरीएको हो । नगरपालिकाभित्रका ६ सय २९ जना वालवालीकाहरुले पूर्ण रुपमा खोप पाएका छन् ।

२०७१ सालवाट साविकका गाविसहरु लाई पूर्ण खोप सुनिश्चित घोषणा गरीदै आएकोमा अहिले साविकका ६ वटा गाविसहरु मिलेर नगरपालिका भए पश्चात ९ वडा बनेको छ । कार्यक्रममा जनप्रतिनिधिहरु, राजनितिक दलका प्रतिनिधिहरु,महिला स्वास्थ्य संयम सेविकाहरु,आमा समुहका सदस्यहरु,यूवा क्लवका सदस्यहरु,शिक्षक तथा विद्यार्थीहरु, संचारकर्मी,स्वास्थ्य कर्मीहरु र सम्पूर्ण नगरवासी नागरीकहरुले पूर्ण खोपको सुनिश्चितताको प्रतिवद्धता व्यक्क्त गरेको पत्रकार चुत्रबहादुर महतले जानकारी दिनुभयो ।