FAQs Complain Problems

होटेल म्यानेजमेन्ट तथा हस्पिटालिटी तालिम भिरकोट बयरघारीमा !!!

भीरकोट नगरपालिकामा ३ दिने होटेल म्यानेजमेन्ट तथा हस्पिटालिटि तालिम शुरु भएको छ । नगरपालिकाको आयोजना तथा नेपाल पर्यटन बोर्ड क्षेत्रिय कार्यालय पोखराको प्राविधिक सहयोगमा तालिम शुरु भएको हो । तालिमको उद्दघाटन गर्दै नेपाल पर्यटन वोर्ड क्षेत्रिय कार्यालय पोखाराका प्रमुख सुर्य थपलियाले स्याङजा जिल्ला पर्यटनको संभावना भएको जिल्ला भएकाले यहाँका पर्यटकीय स्थलहरुलाई पहिचान गरी प्रचार प्रसार गर्न सकियो भने आन्तारिक तथा बाह्य पर्यटकहरुलाई भित्रयाउन सकिने बताउनुभयो ।
साथै उहाँले पोखरा र लुम्बीनीको विचमा रहेको स्याङजा पर्यटनका लागी केन्द्रविन्दु भएको बताउँदै पर्यटकहरुका लागी सफा, स्वाच्छ, गुणस्तरीय भोजन तथा आवासहरुको समेत आवश्यकता हुने बताउनुभयो ।कार्यक्रममा नगरप्रमुख छायाराम खनालले नगरपालिका दिर्घकालिन तथा अर्पकालिन योजनाका साथ अगाडि बढिरहेको भन्दै पर्यटन व्यवसायका लागी यस्ता तालिमले सघाउ पु¥याउने बताउनुभयो ।

कार्यक्रममा जिल्ला पर्यटन बोर्डका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पार्नुभएको थियो । ९ वटै वडाका ६० जना युवाहरुको सहभागिता रहेको तालिममा उत्सवबहादुर अधिकारी र निकेश मर्हजनले सहजीकरण गर्नुहुनेछ । नगरप्रमुख खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगरउप्रमुख सिमा केसीकर्मचार्यकले स्वागत र सञ्चालन नगरपालिकाका नायवसुब्बा रामप्रसाद खनालले गर्नुभएको थियो ।